उज्यालो.com.au

Light to information – सुचनाको अधिकार

Category: समाचार (Page 1 of 2)

किन पिइन्छ पशुले झैँ मुसहर बस्तीमा पानी ?

सिरहा । आमा मान्छे पानी पिउँदा ठाडो घाँटी लाएर कल्कली पिउँछन् । तर मिर्चैया–७ मुराबारीका २७ घर दलित पशुले झैँ पानीको भाँडोमा घोप्टिएर पानी पिउँछन् । १२ वर्षीया बबिता सदा भन्छिन्, ‘खोलाको हिलो लेदो मिसिएको पानी भाँडोमा निकैबेर राखेर थिग्रिएपछि पिउनु पर्छ, बटुको उचालेर पिउँदा हल्लिएर हिलो लेदो पानीमा मिसिन्छ ।’ उनीहरुले पिइरहेको पानी पनि ह्वास्सै ‘भैँसी’ गन्हाउँछ ।

मुराबारीस्थित बतहा खोलाको वगरमा खर र भाटाको झुपडी बनाएर बसेका २७ घर दलित परिवार खोलाको छेउमा खाडलमा जमेको पानी पिउँछन् । अनि त्यही खाडलमा पनि धनीमानीले भैँसी आहाल बसाउँछन् । ७३ वर्षीय बालदेव सदा भन्छन्, ‘हाम्रो खानेपानीको खाडलमा भैँसी नधोइदेऊ भन्दा ‘तेरो बाउको हो र’ भन्दै हप्काउँछन् ।’

खाडलवाट पानी उभाउँदै गरेकी दसनी सदाले आक्रोस देखाइन्, ‘पैन्छुवा यही पाईनमे कदैछै हजुर, कुछो नै बाजसकै छियै । अर्थात् दिसा गरेर यही खाडलमा धोइदिन्छन्, हामी केही बोल्न सक्दैनौँ ।’

गाउँमा वयस्क कोही थिएनन् । सबै मालिकका घरमा काम गर्न गएका थिए । मध्यान्हपछि तीन वृद्ध देखा परे । उनीहरु दिउँसो गाउँको पूर्वपट्टि नजिकैबाट बिजुलीको पोल र तार गएको देखेर पत्रकार मिथिलेश यादवले सोधे, ‘बिजुली किन आएन गाउँमा ?’ प्रश्न भूइँमा झर्न नपाउँदै ६७ वर्षीय बिर्खेे सार्कीले भने, ‘लाइन चाहिएन हजुर पानी भए पुग्छ । सरकारले खानेपानी मात्र दिए पुग्छ ।’

६२ वर्षीया नसी सदाले भनिन्, ‘इनार वा ट्युबेल जस्ता खानेपानीको अन्य कुनै साधन छैन । सफा खानेपानी खानुप¥यो भनेर एक कोश टाढा माथि गैरदलितको इनारमा पानी लिन गयौँ तर पानी भर्न दिएनन् ।’

बस्तीमै सातवर्षीया राधिका सदा ३ वर्षीया बहिनी चन्द्रिका सदालाई शिशुलाई दुध खुवाउने बोतल मुखमा हालेर फुल्याउँदै थिईन् । बोतलमा धमिलो पानी थियो । भनिन्, ‘राइतो सिधा नैछेलै त भुखले सुतलियै, अखनु तक कुछो खेने नै छियै । माई काम करैला मिर्चैया गेलछै । साँझमे चाउर लावतै त भात खेवै ।’ अर्थात् राति पनि सामल नभएर भोकै सुत्यौँ, अहिलेसम्म खाएका छैनौँ । आमा काम गर्न मिर्चैया जानुभएको छ, चामल ल्याउनु हुन्छ राति भात खाने ।

गाउँका २७ घरमा सरसर्ती गन्दा ५ देखि १४ वर्षसम्मका ६२ बालबालिका छन् । तीमध्ये कोही पनि विद्यालय जाँदैनन् । मुसहर बस्तीबाट विद्यालय एक कोश टाढा छ । छठिया सदाले भनिन्, ‘हिउँदमा त खोलामा पानी हुँदैन तर वर्षायाममा विद्यालय जान बतहा खोलाको १० जंघार तर्नु पर्छ । बालबालिका हिँडेर नदी पार गर्न सक्तैनन् । वर्षायाममा बतहा नदी उर्लेर आउँछ । बगरमा झुपडी छ । बालबच्चा चेपेर घर छाडेर डाँडामा उक्लिनु पर्छ । कुन दिन बगाएर लैजाने हो, ठेगान छैन । यसरी बाँचेका छौँ हजुर हामी त !’

जीवन जिउन सुविस्ता होला भनेर उदयपुरको लिम्पटारबाट ७ वर्षअघि मुराबारी झरेका वृद्ध विर्खे सार्कीले भने, ‘चुनावका बेला कमलिस (उनलाई कम्युनिष्ट भन्न आएन) नेता प्रचण्डलाई भोट हाल्यौँ । खानेपानी दिन्छौँ भनेका थिए तर फर्केर आएनन् ।’ प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्रमा पर्ने मुसहर गाउँ पानीका लागि काकाकुल छ । निर्वाचनताका मात्र होइन सरकारको एक सयदिन पूरा हुँदा पनि प्रधानमन्त्रीले खानेपानीको लागि ५० करोड दिएको घोषणा गरे । तर विकासको घुट्को भाषणमा मात्र सीमित रह्यो । उस्तै छ मुसहर बस्ती ।
– अर्जुन थपलिया

किरांत खम्बु राइ सामाज सिड्नी अस्ट्रेलियाले यले दोङ्ग साझ मनाउने

अघिल्लो वर्षहरुमा झैँ यो वर्ष पनि किरांत खम्बु राइ सामाज सिड्नी अस्ट्रेलियाले यले दोङ्ग साझ आयोजना गरि सुभकामना आदान – प्रदान गर्न लागि रहेको हुनाले सबैलाई सिड्नी बासि साथी भाइहरुलाई जानकारी तथा निम्तो गरियो है ।

आकर्स्रणहरु
सुभकामना आदान प्रदान
सास्कृतिक झाकी तथा गीत संगीत
किराती खाना भोजनाको स्वाद
डिजे र निर्त्य
कार्यक्रमको बारेमा
कार्यक्रम – यले दोङ्ग साझ ५०७७
मिति – २५ फेबुररी २०१७ , सनिबार
स्थान – फिटर्शम टाउन हल
समय – साझा – ५ बजे देखि
आयोजक किराँत खम्बु राइ समाज
सिड्नी अस्ट्रेलिया

समीर आचार्यको बल्ल चाल पाया बजारमा

नेपालमा हुँदा पनि नीकै धेरै गाल पर्दै आएको थियो समीरलाई तर अष्ट्रेलीयामा पनि समीरलाई गाल परेको छ तर कुनै सुरा सुन्दरीको हैन, गाल परेको चाही उनको नयाँ गीतको कुरो हो । गत महीना मात्र चट्ट सलाम छ बोलको देउडा गीत ल्याएर सांगीतिक बजार तताईरहेका समीरले फेरी अर्को दमदार गीत लिएर आएका छन । राजुबाबु श्रेष्ठको शब्द,अनिस श्रेष्ठको संगीत र समीर आचार्यको स्वर रहेको गीतको म्यूजिक भिडियो यहि साता सार्वजनीक भएको छ ।
अष्ट्रेलीयामा बसोबास गर्दै आएका अहिलेका निकै नै ब्यस्त निर्देशक जीवन रसायलीले निर्देशन गरेको भिडियोमा र्याम्बो अधिकारी र रोजालीन बसुको अन स्क्रीन रोमान्स देख्न सकीन्छ । अष्ट्रेलीयाका विभीन्न ठाउँहरुमा छायांकन गरीएको भिडियोमा आधुनिक पहिरनका साथै नेपाली भेष भुषामा पनि सजीएर रमाईलो गरेको देख्न सकिन्छ । यस भिडियोमा र्याम्बो र रोजालीनको उत्कृट प्रस्तुतीका साथै समीर आफैको पनि स्क्रीन फीचर निकै राम्रो भएको छ । आठ वर्षको अष्ट्रेलीयाको बसाईका क्रममा त्यहाँबाटै नेपाली संगीतमा एक पछि अर्काे हिट गीत बजारमा ल्याईरहेका समीर यो गीत पनि श्रोता दर्शकहरुले मन पराईदिनेमा ढुक्क छन ।
भिडियोको लागी क्लिक गर्नुहोस ………

अंतरास्ट्रीय नृत्य प्रतियोगितामा भाग लिनुहोस ; १००,०००/- जित्नुहोस्

Baba Education Consultancy Presents “नाईं मलाई थाला छैन’ अंतराष्ट्रीय डांस प्रतियोगितामा भाग लिन तल दिइएको लिंकबाट गीत डाउनलोड गर्नुहोस्, नाच्नुहोस्, नाचेको भिडीयो खिच्नुहोस्, हामीलाई पठाउनुहोस् र नगद रु. एकलाख जित्नुहोस् ।

१. फेसवुक पेज www.facebook.com/SanjibParajuli लाई लाइक गर्नुहोस् ।
२. यो लिंक https://www.mediafire.com/folder/ag1d2bq71z77r/Nai_Malai बाट गीत डाउनलोडको गर्नुहोस् ।
३. कम्तीमा दुईजना वा दुईभन्दा बढीको समुहमा नाच्नुहोस् र नाचेको भिडीयो कुनैपनि डिभाइस (मोबाइल, क्यामेरा इत्यादी) ले खिच्नुहोस् | भिडीयोको लम्बाई कम्तिमा दुई मिनेट बिस सेकेण्डको हुनु पर्नेछ ।
४. खीचेको भिडीयोलाई www.facebook.com/SanjibParajuli पेजमा अपलोड गर्नुहोस् । अपलोड गर्न समस्या भए पेजको इन्बसमा मैसेज गर्नुहोस्, हामी सहयोग गर्नेछौं । भिडीयो पठाउँदा नृत्य गर्नेहरुको नाम, ठेगाना र सम्पर्क नम्बर पनि फेसबुक पेजमा मैसेज गर्नुहोस् ।
५. हामीलाई प्राप्त भिडीयोलाई यसै फेसबुक पेज मार्फत सार्वजनिक गर्ने छौं । यसरी सार्वजनिक भएको पोस्ट (भिडीयो) लार्ई बढि भन्दा बढि शेयर गर्नुहोस् ।
६. भिडियो पठाउने समयावधि दुई महिनाको हुनेछ (१ जनवरी २०१७ देखि २८ फेब्रुअरी २०१७) ।
७. उत्किृष्ट डान्सिगं भिडीयोको मुल्यांकन र छनौट ख्यातीप्राप्त डान्सर, कोरियोग्राफर तथा डान्सिगं गुरुहरुको जजमेन्टका साथै भिडीयो पोष्टको फेसवुक लाइक, कमेन्ट र सेयरबाट हुनेछ ।
८. हामीलाई प्राप्त डान्सिगं भिडियोहरु मध्ये उत्कृष्ट भिडीयोेलाई नगद रु. १,००,००० पुरस्कार प्रदान गरीने छ ।
९. उत्कृष्ट भिडीयो र बिजेताको नाम प्रतियोगिता सकिएको १० देखि १५ दिनको अवधिमा यसै फेसबुक पेज मार्फत जानकारी सार्वजनिक गरिने छ ।
———————————
अपडेटका लागि यो फेसबुक पेज हेर्दैगर्नुहोला । माथि उल्लेखित नियम, जानकारी आदि कुनै जानकारी बिना परिवर्तन हुन सक्नेछ । जिज्ञासा र काठमाडौं सम्पर्कका लागि संदिप भट्टराई 9851138068
E-Mail: NaiMalaiCompetition@gmail.com

पहिचान पुरस्कार २०७४ अर्जुन खालिङ द्वारा लिखित कृति ‘गोयाङको सुगन्ध’लाई

स्व‍. अर्जुन खालिङकृत कविताकृति गोयाङको सुगन्धलाई ‘पहिचान पुरस्कार २०७४’ प्रदान गरिने पहिचान पुरस्कार काेषले जनाएकाे छ ।

२०३३ साल भदौ २५ गते सोलुखुम्बुको जुभिङ गा.वि.स.मा स्व खालिङको जन्म भएको थियो । २०५८ साल स्नातक तह फाईन–आर्टमा उनी गोल्डमेडल विजेता हुन् । खालिङका दुईवटा कविता संग्रह ‘सूर्य डडिरहेछ निरन्तर’ र ‘गोयाङको सुगन्ध’ प्रकाशित छ । उनले चिण्डो बुक्स्, चिण्डो फेशनका प्रमुख र किरात राई लेखक संघमा अध्यक्षको कार्यभार सम्हाली रहेका थिए । कला, साहित्य र सामाजिक सेवामा निरन्तर काम गरिरहेका खालिङले पछिल्लाे समय किरात राईको मुन्दुमी कथाका एक पात्र हेत्छाकुप्पा/ रैछाकुले/खाक्चिलीपाको चित्र पनि तयार गरेका थिए। उक्त चित्रलाई खोटाङ जिल्ला अवस्थित तायाचुङ जायाजुङ डाँडामा किरात राई यायोक्खाले प्रतिमा निर्माण गरी राख्नेछ ।

खालिङकाे कविता संग्रह ‘गोयाङको सुगन्ध’ ले पहिचानकाे मुद्दा उठान गरेकाे र उनी स्वयमले पहिचान प्राप्तिको लागि हरेक क्षेत्रबाट निरन्तर संघर्ष गरिरेहेकाले पहिचान पुरस्कार प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।

लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्त दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचान सम्बन्धि लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको हो । पहिचान पुरस्कार काेषकाे अनुसार नेपाली साहित्यको श्रीबृद्धिको लागि पहिचान सम्बन्धि अध्ययन अनुसन्धन हुने, पहिचान सम्बन्धि लेखन सक्रिय बनाउँदै जाने र नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउँदै नयाँ बहुल समाज निर्माणको लागि पहिचान पुरस्कारको स्थपना गरिएको हाे ।

पुरस्कारको राशी रू. २,०२,००२/–(अक्षरेपी दुई लाख दुई हजार दुई रुपैयाँ ) रहेकाे छ । हरेक पाँच वर्षमा पुरस्कार राशी बढाउँदै लगिने छ । पुस्तकलाई यो पुरस्कार दिइने भएता पनि लेखकको निरन्तरतालाई पनि महत्वको साथ हेरिने छ ।

Kirat Festival Ubhauli 2016

Its time again to celebrate our Festival of Harvest “Kirant Festival Ubhauli 2016. Please join in and feel proud by participating in this native festival. We “KIRANT SOCIETY OF NSW AUSTRALIA” cordially invite all Kiranti and Non Kiranti Nepalese to join and celebrate this festival with full entertainment and delicious food. You can find all Kiranti native attractions such as the two native dances Sakela & Kelang, native customs and native food and drinks.

Date: Saturday; 21st of May 2016 (Exact date of Baisakhi Purne)
Time: 12:00 onwards for general members (10:00 am for field volunteers)
Venue: Gough Whitlam Park, Pine Avenue, Earlwood (Old spot; Closest Train Station Tempe)

For any further information please feel free to contact the following Kiranti members.
Chitra Tumbahangphe: 0433 911 727
Ram Siptungkha: 0433 317 206

ubhauli-2016

Floating Library Boosts Literacy in Remote Cambodian Villages

For the water-dwelling communities of the Tonle Sap Lake in central Cambodia, commuting to school can be quite a challenge. With houses that float on the river’s ever-fluctuating surface and a population that is sustained almost entirely by fishing in the surrounding waters, there are a lot of barriers to education. School is separated from the students’ homes by a two-kilometer boat ride, so each child must learn to swim before making the daily trip to Phat Sanday Primary School.

Read more…
http://blog.roomtoread.org/room-to-read/2012/03/floating-library-boosts-literacy-in-remote-cambodian-villages.html

GNC: Uday and Manila Sotang Saanjh Live

uday-manila-sotang-sydney

Page 1 of 2

© 2017 Ujyalo.com.au